back

गजल

वि.सं.२०७६ पुस १२ शनिवार

987 

shares

हरेक मान्छेमा यहाँ सुखको लालसा हुन्छ
खुशिले जीवन बिताउने अभिलाषा हुन्छ ।

सोंचे जसो कहाँ हुँदोरहेछ भाग्य सबैको
कहिले काँही नसोंचेको ठुलो तमासा हुन्छ ।

डुब्न लागेको मान्छेले खोज्छ कसैको सहारा
अन्तिम साँस हुन्जेल बाँच्ने कतै आसा हुन्छ ।

कुट्नु भन्दा कटु बचनले लाग्छ चोट मनमा
कसैको वाचा पिर भुलाउने दिलासा हुन्छ ।

जसो गरेनि ‘अरुण’ संतोष मिल्दैन कतै
तिर्खा मेटेपनि फेरि पनि मन प्यासा हुन्छ ।

वि.सं.२०७६ पुस १२ शनिवार १०:४९ मा प्रकाशित

Himalayan Life AD
गजल

गजल

श्याम माकजू,भक्तपुर फुले पुष्प मनमा जवानी रहन्छ त्यहीँ भित्र घरमा...

कविता : भ्रष्टाचार

कविता : भ्रष्टाचार

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै...

कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...

योग सुसेली

योग सुसेली

खगेन्द्र बस्याल, बुटवल १ योगको लय मन भयो प्रसन्न सबैको...