back

शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु

वि.सं.२०७६ पुस १३ आइतवार

171 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ पुस, मोगादिसु ।  मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका यहाँका अधिकारीले शनिबार जनाएका छन् । घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ ।

“विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका छन्,” सहयोगमा सहभागी एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले बताए ।

विष्फोट सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको होे । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने यहाँको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा कारका टुक्राहरू मात्र रहेका सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल बरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी गरिरहेको छ ।

मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ । शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सङ्गठनक अल साबाब इस्लामिक लडाकूले गराएको हो ।

प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन् ।

वि.सं.२०७६ पुस १३ आइतवार १०:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

क्यानबेरा(अष्ट्रेलिया) । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत...

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

श्रीनगर । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको...

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

काबुल(अफगानीस्तान)। पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण...

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

श्रीनगर । भारत प्रशासित जम्मू-कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको...

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

बेइजिङ । चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४को पहिलो...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ...