back

तीन देशका कलाकारले गरे चित्रमार्फत सिकाइ र संस्कृति साटासाट

वि.सं.२०७६ पुस १३ आइतवार

210 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ पुस, काठमाडौँ । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् ।

काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् ।

भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरुले शनिबार ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो । समाजका अध्यक्ष एनवी गुरुङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।

उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमखु बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपाली सहभागी थिए । भारतबाट अमलेस मजुम्दार र बङ्गलादेशबाट असन अहमद सहभागी भए ।

नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारेका छन्

यसरी सामूहिक चित्रकला कार्यशाला हुँदा नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अङ्कित देवा भौमिकले बताए ।

उनले काठमाडौँ कलाका दृष्टिकोणले अति नै सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आज आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिनुभयो । केही बङ्गलादेशी कलाकार भने कला सिर्जनाका लागि पोखरा गएका छन् ।

 

वि.सं.२०७६ पुस १३ आइतवार १०:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका...

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास...

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...