back

चिसोले राउटे बालबालिका बिरामी पर्न थालपछि न्यानो कपडा र पोषिलो खानेकुरा वितरण

वि.सं.२०७६ पुस १३ आइतवार

513 

shares
IME Limited
NTC AD

१३ पुस,सुर्खेत । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उनले बताइन् । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग जुटाइएको बताइएको छ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । “चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ”, उनले भने, “कपडा पाएपछि अलि राहत मिलेको छ ।” प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताए । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छन् ।

वि.सं.२०७६ पुस १३ आइतवार १२:५५ मा प्रकाशित

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्ला । जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट, (हुम्ला) । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला । चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक...

हुम्लामा आगलागीबाट आठ घर नष्ट

हुम्लामा आगलागीबाट आठ घर नष्ट

दाने बोहरा /सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको...