
१३ पुस, काठमाडौँ । भारतकी एक चर्चित अभिनेत्री मल्लिका सेरावत हिजो शनिबार नेपाल आएकी छन् ।
नयाँ वर्ष सन् २०२० को लागि नेपाल आएकी उनले ट्वीटरमार्फत नेपाल आउँदै गरेको जानकारी दिएकी हुन् । उनले नेपाल आएको जानकारी दिएपनि के कार्यक्रममा आएको भन्ने खुलाएकी छैनन् ।
ट्वीटर मार्फत आफू नयाँ वर्षको लागि भगवान बुद्धको जन्मस्थान भ्रमण गर्न आतुर रहेको बताएकी छन् ।
सेरावत वलीउड की एक चर्चित आइटम डान्सको रुपमा परिचित छिन् ।
वि.सं.२०७६ पुस १३ आइतवार १३:१२ मा प्रकाशित