back

समाजसेवीको मृत्युमा गाउँपालिकाद्धारा सार्वजनिक विदा !

वि.सं.२०७६ पुस १४ सोमवार

231 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१४ पुष, काठमाण्डौं । गाउँपालिकाका अध्यक्षको भवितव्य अथवा कुनै कारण मृत्यु भएमा गाउँपालिकाले आफ्नो नियमित बैठकको माइन्युटमा शोक प्रस्ताव पारित गर्दै एकदिने सार्वजनिक विदा दिनु स्वभावक होला । तर, गाउँमा रहेका कुनै समाजसेवीको मृत्युमा गाउँपालिकाले एकदिने शोक विदा दिनु कत्तिको उचित होला त पाठकबृन्द !

सभ्य समाज र देशका लागि कुनैपनि समाजको सामाजिक अभियाननै देशैभरी त्यस्ता समाजसेवी जन्माउने हो । तर, समाजसेवीको मृत्युपिच्छे नै सार्वजनिक विदा दिन थालियो भने त्यसले देश तथा विदेशमा कस्तो सन्देश जाला अनि त्यस समाजको सामाजिक तथा आर्थिक विकास कसरी होला पाठकबृन्द !

यस्तै काम गरेको छ नवलपरासीको हुप्सेकोट गाउँपालिकाले। गाउँका सामाजिक अभियन्ता तथा राजनीतिज्ञ नेत्र बहादुर बयम्बु मगरको मृत्युमा गाउँपालिकाले एक विज्ञप्ति नै जारी गरेर एकदिने शोकविदा प्रस्ताव पारित गरेको हो ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेद्धारा जारी गरीएको उक्त एकदिने शोक विदामा भनिएको छ ‘आज मिति २०७६\९\१४ गतेका दिन हुप्सेकोट गाउँपालिका, सबै ६ वटै वडा तथा सम्पूर्ण सार्वजनिक तथा निजी संघ संस्था, शैक्षिक संस्था, वित्तिय संस्थाहरुमा एकदिने शोकविदा दिने निर्णय गाउँपालिकाले गरेको व्यहोरा सूचित गरिन्छ ।’

वि.सं.२०७६ पुस १४ सोमवार ११:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

काठमाडौँ । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

दमौली (तनहुँ) । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट...

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...