back

३०३ मेगावाटका तीन जलबिद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्विकृत

वि.सं.२०७६ पुस १४ सोमवार

249 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१४ पुष, काठमाण्डौं । लगानी बोर्डको आईतबार बसेको बैठकले ८५ अर्ब बराबरको तीन वटा जलबिद्युत आयोजनाको लगानी स्विकृत गरेको छ ।

लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकले २१६ मेगावाट क्षमताको माथील्लो त्रिशुली १, ५० मेगावाटको मस्र्याङ्दी बेसी, ३७ मेघावाटको माथिल्लो त्रिशुली ३ बी जलबिद्युत परियोजनाका लागि लगानी स्विकृत गरेको हो ।

यी परियोजनाका लागि प्रस्ताबित रकम मध्ये आधा भन्दा बढी प्रत्यक्ष बैदेशिक लगानी (एफडिआई) भित्रने लगानी लगानी बोर्डले जनाएको छ । यी सबै परियोजना बिद्युत् बिकास बिभागमार्फत् अगाडी बढाइने पनि बोर्डले जनाएको छ ।

जसमध्ये माथील्लो त्रिशुली १ का लागि ८५ अर्ब, मस्र्याङ्दी बेसी परियोजनाका लागि ११ अर्ब ७७ करोड तथा माथिल्लो त्रिशुली ३ बी परियोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख रुपैंयाँ बराबरको लगानी स्विकृत गरेको छ ।

यी सबै परियोजनाहरु रन अफ दि रिभर मोडेलका परियोजनाहरु हुन् । निर्माणाधिन अरुण तेस्रो जलबिद्युत परियोजनाको छ्याङ्कुटी–दिदिङ प्रबेशमार्गको मुआब्जा विवादको समाधानका लागि अध्ययन गर्न गठिन छनबिन समितिलाई प्राविधिक जनशक्ति उपलब्ध गराई २ महिना भित्र प्रतिबेदन पेश गर्ने गरि पुनर्गठन गरेको छ ।

प्रदेश नं. १ को उर्लाबारी, प्रदेश जं २ को पर्शागढी, गण्डकी प्रदेशको हेम्जा, सुदुर पश्चिम प्रदेशको गोदावरी–अत्तरिया, कर्णाली प्रदेशको वीरेन्द्रनगर र प्रदेश नं तीनको बनेपा र चितवनमा एकिकृत कृषि परियोजना विकास प्रकृया अगाडी बढाउन निर्देशन दिने समेत निर्णय गरेको बताइएको छ । फाइल : फोटो

वि.सं.२०७६ पुस १४ सोमवार १२:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा सुबिधा थप गरेको छ...

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...