
१४ पुष, काठमाडौँ । अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२० आउँदा बुधबार फागुन १६ गते आउँदै छ, तर नयाँ वर्षको शुभकामना दिने काम भने केही अघि दिनबाटै सुरु भएको छ ।
यतिबेला फेसबुक र ह्वाट्सएप इनबक्समा आएको रेडिमेड बनेको शुभकामना सन्देशले आतंक नै सिर्जना गरेको छ । यस्ता सन्देश तपाईलाई पनि पक्कै आएका होलान् । I am send you A surprise सन्देश आएको होला । यस्तो सन्देशले अहिले धेरैलाई हैरान बनाएको छ । लिंकसहित आउने उक्त सन्देश खोलेर हेर्दा May this New Year be full of surprises and cheers, simply because you deserved the best Happy New Year 2020 भनेर शुभकामना सन्देश पढ्न पाइन्छ ।
http://my-love.co/2020/वेव पेजले सिर्जना गरेको यो सन्देश कतै भाइरस त होइन भन्ने त्रास फेसबुक तथा ह्वाट्सएपका प्रयोगकर्तामा देखिएको छ । यस्ता सन्देशहरु तपाईले आफूले नपठाएको भए पनि अरुलाई आफै सन्देश जान्छ । यो सनदेश भाइरस नभएपनि नखोल्दा राम्रो हुन्छ ।
अमेरिकाबाट संचारकर्मी शैलेश श्रेष्ठले यस्तै हैरानीको आफ्नो अनुभव फेसबुकमा लेखेका छन् । उनले लेखेका छन् “यो फेसबुकले पनि अनावश्यकरुपमा मनोगत त्रास र आतंक सिर्जना गर्दोरहेछ भन्या ! यसो ईनबक्स खोलेर हेरेको त खामबन्दी मायाको पोकोहरुको चाङ्ग आएर बसेको रै छ ‘ नखोलु’ आफन्त अनि आत्मीय मित्र तथा बैनी-भाईहरुले नयाँ बर्ष २०२० को ‘रेडीमेड’ शुभकामनाहरु पठाएका होलान फेरी जाती भएर खोलुं भने ‘भाईरस’ ले फेसबुक खातानै ट्यां पारिदिने हो किर ? हैट, उहिले नेपालाँ ‘प्रेसर कुकर बम’ को आतंक थियो अहिले यो आ-मरिखामा ‘फेसबुके आतंक’ सुरु भएको छ ! ”
वि.सं.२०७६ पुस १४ सोमवार १२:४३ मा प्रकाशित