back

सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

वि.सं.२०७६ पुस १५ मंगलवार

213 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुस, संयुक्त राष्ट्रसङघ ।  संयुक्त राष्ट्रसङघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ ।

शनिबार भएको उक्त आत्मघाती कार बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए । राष्ट्रसङ्घ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सबै किसिमका आतङ्कवाद र घटनाले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ । आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ ।”

परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ । परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिबद्धता पुनः प्रकट गरेका छन् । आक्रमणले परिषद्को प्रतिबद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको छ ।

शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो ।

वि.सं.२०७६ पुस १५ मंगलवार ०९:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बाह्र वरिष्ठ जापानी व्यापारीलाई रुस प्रवेशमा प्रतिबन्ध,  टोकियोद्वारा विरोध प्रकट

बाह्र वरिष्ठ जापानी व्यापारीलाई रुस प्रवेशमा प्रतिबन्ध, टोकियोद्वारा विरोध प्रकट

टोकियो । टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ...

‘न्यायका लागि लडाइँ सुरु भइसकेको’ भन्दै बङ्लादेशका सरकारी वेबसाइट ह्याकरको निशानामा

‘न्यायका लागि लडाइँ सुरु भइसकेको’ भन्दै बङ्लादेशका सरकारी वेबसाइट ह्याकरको निशानामा

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री...

बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

लण्डन । इङ्गल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला...

बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ : प्रहरी

बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ : प्रहरी

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी...

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

  ग्रयाण्ड ¥यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

ढाका । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा...