back

अध्यक्ष प्रचण्डद्धारा तमु ल्होछारको शुभकामना

वि.सं.२०७६ पुस १५ मंगलवार

498 

shares
IME Limited
NTC AD

१५ पुस, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमू गुरुङ समुदायको पर्व तमु ल्होछार/ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू दिदी-बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको बताएका छन् ।

अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्- ‘सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ’।

राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नती र समृद्धि निर्भर रहेको र यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने अध्यक्ष दाहालले बताएका छन् ।

‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो ।’ अध्यक्ष दाहालले भनेका छन् ।

अध्यक्ष दाहालले भनेका छन् ‘यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

वि.सं.२०७६ पुस १५ मंगलवार १०:०२ मा प्रकाशित

प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...