back

यसकारण मनाइँन्छ सुदूपश्चिममा आज ‘ठुलीरात’

वि.सं.२०७६ पुस १५ मंगलवार

1K 

shares

१५ पुस, । आज पुस १५, सुदूरपश्चिममा आज ‘ठुलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, “रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।”

‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित पन्तको भनाइ छ ।

एक दिन भए पनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मिठामिठा खानेकुरा खाने चलन रहिआएको छ । पर्वमा विवाहिता छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्यरूपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने र असार १५ लाई वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा मनाइने गरिएको छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार ११:२३ मा प्रकाशित

Himalayan Life AD
नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

शिक्षणसँगै खेतीकिसानी

शिक्षणसँगै खेतीकिसानी

महेन्द्रनगर । पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली) । यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ...

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक...