back

ज्योति विकास बैंकले गर्यो एकैदिन तीन नयाँ शाखा संचालन

वि.सं.२०७६ पुस १५ मंगलवार

999 

shares

१५ पुष, काठमाण्डौ । ज्योति विकास बैंकले एकैदिन आफ्ना तीन शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले पौष १४ मा काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।

बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको हो ।

ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेल स्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । मेयर महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिए । साथै उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै सीतापाईला स्थित शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुव कुमार उप्रेतीले गरेका छन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरेको बैंकले जनाएको छ ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम चुक्तापूँजी भन्दा बढी चुक्तापूँजी सहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेको बताए । उनले बैंक अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने समेत बताए ।

उनले व्यवासायिक नाफा भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको विषय समेत जानकारी दिए ।

उद्घाटन समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको र यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

त्यसैगरी यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ब्त्ः मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३१ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको बताइएको छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार ११:३१ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...