back

सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

वि.सं.२०७६ पुस १५ मंगलवार

225 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुस, बेइजिङ । चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पहिलो एघार महिनामा चीनले कूल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । चीनले नोभेम्बरमा मात्र छ लाख ४४ हजार टन मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो ।

आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ ।

विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनियाँ सामानको बजार पनि विस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो ।

जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार ११:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
चीनमा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

चीनमा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

बेइजिङ । चीनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री, भिडियो...

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

जेरूसेलम । गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन...

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

सियोल । दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको...

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

नयाँदिल्ली ।  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा...

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

वासिङ्टन । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा...

दक्षिण कोरियामा सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

दक्षिण कोरियामा सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको...