back

चन्द समूहका जिल्लासचिव सुनारद्वारा आत्मसमर्पण

वि.सं.२०७६ पुस १५ मंगलवार

354 

shares

१५ पुस, बागलुङ । नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले जारी गरेकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रासस

वि.सं.२०७६ पुस १५ मंगलवार १२:४४ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...

लोप हुँदै लालुपाते

लोप हुँदै लालुपाते

गलेश्वर (म्याग्दी) । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

सभापति लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

सभापति लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

गण्डकी । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी...

‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादन

‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादन

म्याग्दी । म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ ।...