Logo
२१ आश्विन २०७९, शुक्रबार
     Fri Oct 7 2022
E-paper
  English Edition
   Unicode
Logo

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष न्यौपानेमाथि गोली प्रहार



२२ मंसिर, भैरहवा । रुपन्देहीको सिद्धार्थ नगरपालिका गल्लामण्डीमा मंगलबार साँझ सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार भएको छ ।

सिनपा–६ गल्लामण्डीस्थित आफ्नै व्यावसायिक प्रतिष्ठान मुक्तिनाथ खाद्य स्टोरमा बसिरहेको समयमा मोटरसाइकलमा आएका व्यक्तिले न्यौपानेमाथि गोली प्रहार गरेका थिए । गोलीले न्यौपानेको कोखलाई छलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घटनामा संलग्नमध्ये एक जना रुपन्देही सिपुवा गाविस–५ का वीरेन्द्र यादवलाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र

काठमाडौं । नेतृ गंगा चौधरीले एमाले छाडेकी छिन् । उनले आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ ।

काठमाडौं । अविरल वर्षापछि झरेको पहिरोका कारण काठमाडौंको चन्द्रागिरीमा एकै परिवारका तीनजनाको मृत्यु भएको

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ