back
CTIZAN AD

हवाई भाडादर समायोजन, बुधबारदेखि लागुहुने

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.2K 

shares

buddha-air

२२ मंसिर, काठमाडौँ । हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ ।

बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम रु ३५ देखि रु ३१० सम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जनाएको छ ।

काठमाडौँ–माउन्टेन उडानको भाडामा रु ३००, काठमाडौँ–भरतपुरको भाडामा रु १०५, काठमाडौँ–पोखराको भाडामा रु १३५, काठमाडौँ–विराटनगरको भाडामा रु १८५, काठमाडौँ–जनकपुरको भाडामा रु १२० र काठमाडौँ–भैरहवाको भाडामा रु १६५ ले समायोजन गरिएको हो ।

त्यसैगरी काठमाडौँ–धनगढी रु ३१०, काठमाडौँ–नेपालगञ्ज रु २३५, काठमाडौँ–भद्रपुर रु २२०, काठमाडौँ–तुम्लीङ्टार रु १६५, काठमाडौँ–सिमरा रु ९० र विराटनगर–तुम्लिङ्टारको भाडामा रु १०० घटाइएको छ ।

आन्तरिक उडानतर्फ नै सबैभन्दा कम रु ३५ ले डोटी–साँफेबगरको उडान भाडादर, पोखरा–जोमसोम रु ६५ ले र काठमाडौँ–लुक्ला रु ११० ले भाडामा समायोजन गरिएको हो ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०२:५४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...