back

इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

वि.सं.२०७६ पुस १७ बिहीवार

279 

shares

१७ पुस, इन्डोनेसिया । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसको घर भत्किएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

“अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने । उनले मृत्यु हुनेको सङ्ख्या अव नबढ्ने अपेक्षा पनि व्यक्त गरे ।

लेबाकका स्थानीय उद्धारकर्ताहरुले पनि दुई जनाको मृत्यु भएको बताएका छन् । उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन् ।

जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय बृद्धसम्मको मृत्यु भएको पिडितहरुले बताएका छन् ।
“बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा प¥यौँ,” एक महिलाले भनिन् ।

जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।

वि.सं.२०७६ पुस १७ बिहीवार १४:२२ मा प्रकाशित

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते 

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते 

खार्तुम ।   पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही...

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग...

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ...

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा...

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली...

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

वासिङ्टन । कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब...