back

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

वि.सं.२०७६ पुस १७ बिहीवार

690 

shares

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु पूरै ओझेलमा पारिएका छन् ।

दिनहुँ नेताको सामुन्नेमा मुख देखाउन नभ्याउने, सचिवालयले खोज्नै पर्ने सूचीमा खासै नपर्ने, मुख्य नेताहरुको घरायसी सम्बन्ध र नातेदार बन्ने सौभाग्य नपाएका तथा पदकै लागि मरिहत्ते नगर्ने केही पात्र र पुराना प्रवृत्तिहरु अझै ओझेलमा परेकै छन् ।

‘एउटा कमरेडको खुट्टामा काँडा बिझ्दा अर्कोलाई दुख्नुपर्छ’ भन्ने प्रचण्डपथीय संस्कृतिमा राजनैतिक उतार चढावसँगै वदलाव समेत आएको छ । तथापी हालको सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पुराना मीत्रहरु ‘न यसो गरा,ै न उसो गरौं’ को स्थितिमा पुगेका छन् ।

पुराना नेतामध्ये चित्र बहादुर श्रेष्ठ ४४१ को केन्द्रीय समितिमा नपरे पनि राष्ट्रिय किसान अयोगको अध्यक्ष बन्ने मौका पाएका छन् भने निकै लामो समय पीडा खेपेका विष्णुपुकार श्रेष्ठलाई राजनैतिक नियूक्ति नभएपनि पछिल्लोपटक निर्वाचन आयोगको प्रमुख बनाएर आत्मरति हुने ठाउँ दिइएको छ ।

तत्कालीन माओवादी आन्दोलनमा बैचारिक व्यक्ति भनेर चिनिने नारायण शर्मा ‘कमल प्रसाद’ ले पनि योगदान अनुसारको सम्मान नपाएको टिप्पणी हुने गरेको छ भने जनयुद्धको राजनीति स्थापित गर्न सघाउने नरेन्द्रजंग पिटर तथा वुद्धिजीवीका पूर्वअध्यक्ष रमेश शर्माहरुको प्रवाह गर्नै छाडिएको छ । पिटर र शर्मा अहिले प्रचण्डले नेतृत्व गरेको पार्टीसँग बैचारिक रुपमा असहमत भएपनि अर्को कुनै पार्टीको ठोस जिम्मा लिएको पाइदैन ।

त्याग, निष्ठा,बलिदानी भाव, क्षमता, संगठनकला र योगदानका आधारमा पार्टी केन्द्रमा छुट्नै नहुने कास्कीका झलकपाणी तिवारी, नुवाकोटका श्रीकृष्ण अधिकारीविकेश श्रेष्ठले २०६३ पछि अहिलेसम्म पनि कुनै राजकिय जिम्मेवारी पाएका छैनन् । उनीहरुका सामुन्ने कति जोडी ‘कान्छाकान्छी’ हरु सांसद भैसके, कति चैते धुपौरेहरु मन्त्री भैसके र कति चाटुकारहरु राजदूत भैसके तर उनीहरुको पालो अहिलेसम्म आएको छैन ।

कास्कीका झलकपाणी तिवारी जनयुद्धकालको शुरुवातीदेखि झण्डै अन्त्यसम्म लामो जेल बसेका पूर्वमाओवादी नेता हुन् । उनी विद्यार्थीको उपाध्यक्ष, बुद्धिजीवीकौ उपाध्यक्ष तथा पाटीकौ जिल्ला इन्चार्जमात्र होइन नेपाली धर्तीमा जनयुद्धको विचार सिंचित गराउन योगदान पुर्याएका क्रान्तिकारी विचारक पनि हुन् । कास्कीका रैथाने झलकपाणीलाई प्रचण्ड, बादल र देव गुरुङहरुले भेट्दा पनि सम्मान नै गर्छन् भनिन्छ तर उनको अवसर अहिलेसम्म कतै आएको देखिदैन । उनी पूर्वमाओवादी वृत्तमा देशैभरी लोकप्रिय व्यक्तित्व हुन भने कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ र खगराज अधिकारीहरुले समैत उनको योगदानको कदर गर्ने गरेका छन् ।

नुवाकोटका श्रीकृष्ण अधिकारी ‘विवेक’ केही नपाउँदा पनि प्रचण्डको भजन गाइरहने पुराना माओवादी हुन् । प्रचण्डको पक्षमा लेख्दा र बोल्दा उनलाई धेरै आक्रमण र खिसी टिउरी हुन्छ । सबै सहन गरेर पनि उनी प्रचण्डको रक्षामा अग्र पंक्तिमै उभिने व्यक्ति हुन् । जनयुद्धकै कुरा गर्दा उनी नुवाकोटमा मोटो मशाल बलियो बनाउने अभियन्ता समेत हुन् । श्रीकृष्ण अधिकारी भनेर उनलाई धेरैले चिन्दैनन् । ‘आँखा गुमाएका योद्धा विवेक’ उनको पहिचान हो, तर उनलाई न ४४५ ले चिन्यो, न राज्यको अन्य औपचारिक जिम्मेवारीले छुुन सक्यो । उनी विरामी भएर अहिले औषधि उपचार समेत राम्रोसँग गर्न नपाएको स्थिति सुनिदैंछ ।

कुनै समय अध्यक्ष प्रचण्डको स्वकीय सचिव भएका विकेश श्रेष्ठ पनि वैचारिक काममा बढि रुची राख्ने व्यक्ति हुन् । प्रचण्डकै स्वकीय सचिव भैसकेका व्यक्तिको पछिल्लो यो स्थिति शायदै पत्यारिलो होला तर उनी अहिले न पार्टीको जिम्मेवारीमा छन् न त अरु जिम्मा दिइएको नै छ ।
‘झलकपाणी, श्रीकृष्ण र विकेश जस्ता नेताहरु प्रचण्डसँग लामो राजनीतिमा जोडिए पनि उनीहरु नेपाली कम्युनिष्ट आन्दोलनकै सम्पत्ति हुन् । उनीहरुको योगदानका बारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेतादेखि सचिवालय र स्थायी समिति समेतका सबैलाई थाहा छ, कहिलेकाँही न्याय ढिलो हुन्छ तर विश्वास गरा,ैं उहाँहरुलाई अध्यक्ष प्रचण्ड र नेताहरुले आश्चर्य पार्न पनि सक्नुहुन्छ’ नेकपाका एक नेता भन्छन् ।

४४५ मा अटाएका तर अन्य कुनै जिम्मेवारी नपाएका सुदूरपश्चिम अछामका तारामान स्वाँर पनि प्रचण्डका पुराना सहयात्री ह्न् । उनले कम्युनिष्ट बनाएका धेरै व्यक्ति सांसद र मन्त्री बने तर उनले ठोस जिम्मेवारी पाएका छैनन् । यसैगरी झण्डै ३५ वर्ष अगाडि देखि प्रचण्डकै राजनीतिमा जोडिएर शिक्षण पेशा छोडी कठोर यातना समेत खेपेका चितवनका कृष्णराज केसीले पनि अहिलेसम्म कुनै राजकिय जिम्मेवारी पाएको देखिदैँन भने गोर्खाका माधव मरहठ्ठा, तनहुँका शंभु बहादुर अधिकारी, पर्वतका जयनारायण तिवारी, स्याङजाका शोभाकर ढकाल, लम्जुङका ऋषिराम पौडेल, पारसमणि पौडेल मोहनहरी पौडेल, तनहुँका रमेश सिग्देल लगायतका प्रचण्डपथीय राजनीतिका पुराना सहयात्रीहरुले पनि न पार्टीको ठोस जिम्मेवारी न अरु कुनै अवसर नै पाएका छन् ।

त्यसो त प्रचण्डकै उत्प्रेरणामा नेता बनेका र नयाँशक्ति हुँदै नेकपामा केन्द्रीय सदस्य भएका देवेन्द्र पराजुलीले पनि आफैले कुनै राजकिय जिम्मेवारी पाएका छैनन् । जनयुद्धको बैचारीक धरातल बिकास गर्नेमध्ये प्राय तत्कालीन मध्यक्षैत्रका यि लगायतका देशैभरीका पुराना सहयात्रीहरुलाइ प्रचण्डले ढिलो चाडो सम्बोधन गर्नैपर्नै दैखिन्छ । बिचार निर्माणमा जोडिएको मध्येक्षेत्रको तुलनामा फिल्ड कार्यान्वयनकौ तत्कालीन बिशेष क्षेत्र (रुकुम रोल्पा ) का अधिकांशले भने धेरै अवसर पाएका छन ।

प्रचण्डपथीय राजनीति अर्थात् जनयुद्धको बैचारिक सैद्धान्तिक जग निर्माणमा संलग्न पुराना सहयात्रीहरु मध्ये कतिपय शहादत भए, कतिपय दोहोर्याइ तेहर्याइ मन्त्री र कतिपय सांसद भए, कतिपय पार्टीको जिम्मेवारीमा छन् भनै कतिपय न यता न उता छन । राजनीतिमा ल्हारक्याल लामाहरु तथा ज्योति, खैतान र दुगड खानदालाई ठाउँ दिने एक दुई बाध्यता आफ्ना ठाउँमा होलान् तर, विधि, नीति र पद्दति संस्थागत नभएकै कारण पार्टी भित्र र बाहिर बेथिति बढेको महसुस अहिले सबैलाई भएकै छ । माओबादीलै राजदूत बनाएका विजयकान्तलाल कर्ण र अजय ढकाल लगायतहरु कुन दुलोबाट आएर अहिले कता गए ? यी प्रश्न बलिया बनैका छन । अनि हुन्न भन्दा भन्दै र रोक्दा रोक्दै पनि पछिल्ला समयमा पनि केही विवादास्पद नियुक्तिहरु कसरी भए ? नेताहरुले गम्भीर समिक्षा गर्नुपर्ने स्थिति छ ।

भित्र सामाजिक न्याय भयो भने मात्र बाहिर त्यसको राम्रो छाप पर्दछ । अध्यक्ष प्रचण्डलाई प्रयोग गरेर बदनाम गराउने प्रयास धेरै पहिलेदेखि हुँदै आएको छ । अब यस्तो हुन दिनुहुदैन ।

नेपाली क्रान्तिको बाकी काम गर्न क्रान्तिकारीहरुलाइ नै अवसर दिइनु पर्दछ ।
ओझेलमा पारिएका पात्र र प्रवृत्तिको मूल्यांकन सफ्टवेयरले नगर्ने हुँदा कमसेकम सचिवालयमा हुने जिम्मेवार कामरेडहरुबाट ख्याल पुर्याइदिनु पर्ने होै । अवसर नै नपाएका र यौगदानको हिसाव भएका केहि कामरेडहरुलाइ कमसेकम राष्टियसभाबाट भएपनि सम्बोधन गरे हुन्थ्यो की !

वि.सं.२०७६ पुस १७ बिहीवार १७:०७ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...