back

झगड़ालाई एजेण्डा बनाए पछि पार्टी कार्यकर्ता र जनताले के आशा गर्ने ?

वि.सं.२०७६ पुस १८ शुक्रवार

435 

shares

१८ पुष, काठमाडौँ । पार्टी एकतामा जोड दिँदै आएका नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले माउ पार्टीका नेताहरुलाई प्रश्न गरेका छन् । उनले पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् – ‘झगड़ालाई एजेण्डा बनाए पछि पार्टी कार्यकर्ता र जनताले के आशा गर्ने ? ‘

उनले पार्टीका नेताहरूको स्तर ने.बि संघको स्तरमा आउन नहुने बताएका छन् । पार्टीलाई एकता र मेलमिलाप आवश्यक रहेको जोड दिँदै उनले नेतृत्वलाई सर्तक गराउँदै भनेका छन् ‘अर्को पटक पनि कांग्रेस पराजित भयो भने फेरी उठन मुश्किल पर्ने छ । हेक्का रहोस ! त्यो परिस्थिति आयो भने इतिहासले तपाईहरूको पुस्तालाई माफ़ गर्ने छैन ।’

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

“दुःखका साथ भन्नु पर्छ – मुलूकको लोकतान्त्रिक प्रणाली माथी नै सक्रमण बढ़ेको बेला पार्टी भित्रको समस्या समाधान गर्नुको साटो बढ़ाउनु भनेको एजेण्डाबिहीन राजनीति हो । नेतृत्व लीनका लागी पार्टी र देश बनाउने मुद्धा पहिचान गरेर हिडनु पर्छ । झगड़ालाई एजेण्डा बनाए पछि पार्टी कार्यकर्ता र जनताले के आशा गर्ने ?

पार्टीका नेताहरूको स्तर ने.बि संघको स्तरमा आऊनु हुदैन । के अब समानान्तर गतिबिधि पछि ने बि संघले जस्तै छुट्टाछुट्टै अभियान र समिति बनाउने हो ?

पार्टीलाई बचाउन मेलमिलाप र एकता आवश्यक छ । कुरा बुझौ । पार्टी भित्र एकता र मेलमिलापका लागी देशभरका ईमानदार कार्यकर्ता र नेताहरू जागौ । २ बर्ष पछि स्थानीय निर्बाचन र ३ बर्ष पछि आम निर्बाचन आऊदै छ । अर्को पटक पनि कांग्रेस पराजित भयो भने फेरी उठन मुश्किल पर्ने छ ।  हेक्का रहोस,  त्यो परिस्थिति आयो भने इतिहासले तपाईहरूको पुस्तालाई माफ़ गर्ने छैन ।”

वि.सं.२०७६ पुस १८ शुक्रवार १५:२७ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...