back

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प, खानेपानीको समेत अभाव

वि.सं.२०७६ पुस १९ शनिवार

174 

shares
NTC AD
Global IME AD

१९ पुष, मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ ।

हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।
बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई\तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उनले भने, “अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बाध्य भएका छौँ ।”

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उनकोे भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उनले बताए । रासस

वि.सं.२०७६ पुस १९ शनिवार १३:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

सिबी अधिकारी, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद...

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउछ : मन्त्री बस्नेत

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउछ : मन्त्री बस्नेत

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको...

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं...

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ बढी घर जलेर नष्ट

महोत्तरीको मटिहानीमा आगलागी, ९२ बढी घर जलेर नष्ट

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा...

पर्यटन बोर्डको सिइओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

पर्यटन बोर्डको सिइओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी...