back

अष्ट्रेलियामा आगोलागीमा परि २८ जना बेपत्ता, जिवितै उद्धार हुने आशा

वि.सं.२०७६ पुस १९ शनिवार

600 

shares

१९ पुष, सिड्नी । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको अधिकारीले बताएका छन् ।

देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वीगिप्पस्ल्याण्डमा भएको आगलागीमा परी व्यपत्ता भएकाहरुको खोजीका साथै उद्धार भइरहेको अधिकारीद्वारा जानकारी दिएको छन् ।

भिक्टोरियाका मुख्यमन्त्री डानेल अन्ड्रेसले भने, “बेपत्ता भएकालाई जीवितै उद्धार तथा सुरक्षाका लागि धेरै चिन्ता लिएका छौँ ।”

आगलागीका कारण उत्पन्न सङ्कट बढ्दै जाँदा बेपत्ताको सङ्ख्या पनि तलमाथि पर्न सक्ने उनले बताए ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । तटीय सहरमा धुवाँ र खरानीले घरहरू ढाकिएकोले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म कम्तीमा १२ पुगेको पुष्टि भएको छ ।

डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सीयस रहेको छ ।

सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्कालीनस्तरका दर्जनौँ डढेलो लागेको अधिकारीले जनाएका छन् ।सिन्ह्वा

वि.सं.२०७६ पुस १९ शनिवार १३:५७ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...