back

पर्वतमा दुई राप्रपाबीच एकता, अध्यक्षमा भुसाल

वि.सं.२०७३ मंसिर २२ बुधवार

780 

shares
IME Limited
NTC AD

२२ मङ्सिर, फलेवास (पर्वत) । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच पर्वतमा एकता सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच मङ्गलबार पार्टी एकता भएको हो । एकीकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्वसम्मतरुपमा चयन हुनुभएको छ । दुई पार्टीबीच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा जिल्ला संयोजक तथा पुरानो राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुसाल पार्टी अध्यक्ष हुनुभएको हो ।

यसैगरी, एकीकृत पार्टीको सहअध्यक्षमा ईश्वर गिरी, उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा दुर्गाप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा अशोक गुरुङ चयन हुनुभएको छ । यस्तै, प्रवक्तामा ठाकुरबम मल्ल चयन हुनुभएको छ ।

यसअघि भएको एकता भेलामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, दिलप्रकाश कंँडेल, इच्छाबहादुर गुरुङ, दीपक कुँवर, तिलक रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्तव्यका क्रममा नेताले राप्रपालाई मुलुकको तेस्रो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । उहाँहरुले अब हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा चर्कोरुपमा उठ्ने दाबी गर्नुभएको छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०४:०४ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...