back
CTIZAN AD

पर्वतमा दुई राप्रपाबीच एकता, अध्यक्षमा भुसाल

वि.सं.२०७३ मंसिर २२ बुधवार

1K 

shares

२२ मङ्सिर, फलेवास (पर्वत) । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच पर्वतमा एकता सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच मङ्गलबार पार्टी एकता भएको हो । एकीकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्वसम्मतरुपमा चयन हुनुभएको छ । दुई पार्टीबीच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा जिल्ला संयोजक तथा पुरानो राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुसाल पार्टी अध्यक्ष हुनुभएको हो ।

यसैगरी, एकीकृत पार्टीको सहअध्यक्षमा ईश्वर गिरी, उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा दुर्गाप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा अशोक गुरुङ चयन हुनुभएको छ । यस्तै, प्रवक्तामा ठाकुरबम मल्ल चयन हुनुभएको छ ।

यसअघि भएको एकता भेलामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, दिलप्रकाश कंँडेल, इच्छाबहादुर गुरुङ, दीपक कुँवर, तिलक रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्तव्यका क्रममा नेताले राप्रपालाई मुलुकको तेस्रो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । उहाँहरुले अब हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा चर्कोरुपमा उठ्ने दाबी गर्नुभएको छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०४:०४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...