back

नकिनीकनै नयाँ लुगा लगाउने हो तपाई पनि ?

वि.सं.२०७६ पुस २० आइतवार

360 

shares

२० पुस, काठमाडौँ । एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्कोमा लगाउन धेरैलाई मन लाग्दैन ।

एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ । अर्को, किनेर सिलाउँदा पनि समय लाग्छ । तर अब चिन्ता लिनुपर्दैन । पार्टी र सभा समारोहमा लगाउने लुगा भाडामा पनि पाइन्छ । एन्टिडोट नेपाल र कपडा रेन्टजस्ता ‘स्टार्टअप बिजनेस’ मा आबद्ध व्यवसायीले यस्तो सुविधा दिएका हुन् ।

सुनाकोठीकी मोनिका थापा ललितपुरको एउटा कम्पनीमा मार्केटिङ म्यानेजर छिन् । व्यवस्थापनमा स्नातकोत्तर उनलाई कलेजको पार्टीका लागि कुन कपडा लगाउने भन्नेमा दुविधा भयो ।

उक्त पार्टीमा लगाउन अहिलेसम्म नलगाएको डिजाइनको कपडा चाहिएको थियो । पार्टीका लागि भाडामा गाउन र साडी पाइन्छ भन्ने सुनेपछि उनले एन्टिडोट नेपालको सोसल मिडिया पेज खोलिन् र अनुरोध पठाइन् । सुरुमा कपडा कस्तो पाइएला भन्नेमा शंका थियो । तर प्रयोगपछि भने गुनासो नरहेको उनले बताइन् ।

‘पेजका सबै फोटो हेरेपछि राम्रो लागेर लिएँ । यहाँ सस्तो पनि पाइने रहेछ,’ उनले भनिन् । पुल्चोकमा रहेको एन्टिडोटका सञ्चालक मनीषजंग थापा हुन् । मार्केटिङ सेल्समा बीबीए गरेका उनले आफ्नै बहिनी समस्यामा परेको देखेर यो व्यवसायमा हात हालेका हुन् ।

कपडा छ, फेरि दोर्होयाएर लाउन मन नलाग्ने, अनि पैसा छ, तर एकचोटि लाउनलाई मात्र महँगो तिर्नुपर्ने जस्ता समस्या देखेर यतातिर लागेको उनको भनाइ छ ।आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ पुस २० आइतवार ०७:३९ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...