back

७ विश्वविद्यालयमा कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीन

वि.सं.२०७६ पुस २० आइतवार

309 

shares

२० पुस, काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ ।

तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो ।

त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए । ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ पुस २० आइतवार ०७:५१ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...