back

भ्रमण वर्ष सफल बनाउन सरकारलाई सहयोग गर्छौ – अध्यक्ष राणा

वि.सं.२०७६ पुस २० आइतवार

198 

shares
NTC AD
Global IME AD

२० पुस, दमौली । होटल एशोसिएशन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको जानकारी दिएकी छिन् ।

क्षेत्रीय होटल सङ्घ तनहुँको आठौँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न होटल व्यवसायी प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा एशोसिएशनका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराईलगायतले होटल व्यवसाय मर्यादित हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले राम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा वासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिव चन्द्रकुमार कायस्थ, सचिवमा चिजकुमार श्रेष्ठ, कोषाध्यक्षमा सनतकुमार श्रेष्ठ र सदस्य जीवन शाही, सुनिता पन्थ, सङ्गीता प्रधान चयन भएका छन् ।

वि.सं.२०७६ पुस २० आइतवार १०:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
देवचुली डाँडा धार्मिक पर्यटकीय गन्तव्य बन्दै

देवचुली डाँडा धार्मिक पर्यटकीय गन्तव्य बन्दै

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै...

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू...

स्वरोजगार प्रवर्द्धन गर्न महानगरद्वारा युवालाई तालिम

स्वरोजगार प्रवर्द्धन गर्न महानगरद्वारा युवालाई तालिम

गण्डकी । रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला...

पहाडकी रानी बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

पहाडकी रानी बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले...

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली, मकै छर्न नपाएर किसान चिन्तित

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली, मकै छर्न नपाएर किसान चिन्तित

गलेश्वर (म्याग्दी) । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका...

जोखिममा हिमताल, जोखिम न्यूनीकरणमा सरकारको विशेष ध्यान जान जरुरी

जोखिममा हिमताल, जोखिम न्यूनीकरणमा सरकारको विशेष ध्यान जान जरुरी

रामबहादुर थापा, गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा...