back

काँग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ ’

वि.सं.२०७६ पुस २० आइतवार

249 

shares
RBB AD
NTC AD

२० पुस, मुग्लिन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे ।

उनले भने, “ शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ ।सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ । ”

प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताए ।

विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै धन्यवाद दिए ।

स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए ।

वि.सं.२०७६ पुस २० आइतवार १०:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १...

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र...

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...