back

इरानी सैनिक कमाण्डर मारिएपछि खाडी क्षेत्रमा तनाव, चीन र रुसबीच छलफल

वि.सं.२०७६ पुस २० आइतवार

183 

shares
RBB AD
NTC AD

२० पुष, बेइजिङ ।  अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ ।
अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको बताइएको छ ।

उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।

त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको बताइएको छ । सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले आपसमा कुराकानी गरेको पनि प्राप्त समाचारमा जनाइएको छ ।
मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।
उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उनले अमेरिकाका विरुद्ध बदला लिने बताएका हुन् ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताएका छन् ।

उनले सो चेतावनी दिँदै भने,“इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ ।” रासस

photo-Agency

वि.सं.२०७६ पुस २० आइतवार १८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...