back

मध्यपूर्वमा जारी तनावप्रति आबेको ‘गहिरो चिन्ता’

वि.सं.२०७६ पुस २१ सोमवार

333 

shares

२१ पुस ।  जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताएका छन् ।

वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहेका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।“मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भने ।

उनले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताएका छन् । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन् । तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गरेका थिए ।

वि.सं.२०७६ पुस २१ सोमवार १४:३१ मा प्रकाशित

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

किएभ, युक्रेन । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी...

रूसबाट जफत गरेको २० अर्ब डलर सम्पत्ति युक्रेनलाई दिइने

रूसबाट जफत गरेको २० अर्ब डलर सम्पत्ति युक्रेनलाई दिइने

काठमाडौँ । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ...

दक्षिण कोरिया : राष्ट्रपति कार्यालयमा छापा

दक्षिण कोरिया : राष्ट्रपति कार्यालयमा छापा

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ...

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

मुम्बई । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति...

सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह

सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह

बेइजिङ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा...

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

सियोल । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ...