
धेरैपटक श्रीमान श्रीमतीमा एकअर्कालाई बुझ्न नसक्ने अवस्था आउँछ । यस्तो स्थितिमा एकअर्काको कुरा पूरा नसकिदैं झगडा सुरु हुने र त्यसले सम्बन्ध टुट्ने सम्म पुगेको अवस्था हुन्छ ।
-श्रीमान श्रीमतीमा नातेदार तथा परिवारको बढी नकारात्मक भुमिका भएमा पनि सम्बन्ध तोडिन सक्छ ।
-विवाह अगाडिको सम्बन्ध वा विवाहपछि श्रीमान वा श्रीमतीको कसैसँग प्रेम सम्बन्धमा रहेमा पनि सम्बन्ध तोडिन सक्छ ।
-विवाह पहिला एउटासँग प्रेम गर्नु र अर्कोसँग जर्वजस्ती विवाह गर्नुपर्ने अवस्था आयो भने त्यसले पनि नयाँ जोडिएको सम्बन्धमा समस्या उत्पन्न हुने र सम्बन्ध तोडिने स्थितिसम्म आउन सक्छ ।
-श्रीमान वा श्रीमतीमा एक बढी धनी र एक गरिब परिवारवाट नाता जोडिएको छ भने पनि सम्बन्धमा समस्या हुन्छ । किन कि, हरेक कुरामा झगडा हुनु र दुवैमा एकअर्काको कमि कमजोरी पहिल्याएर आरोप लगाउँदा पनि सम्बन्धमा फाटो पर्न सक्छ ।
-अहिलेको अवस्थामा सम्बन्ध र माया नहुनु पनि बिछोडको मुख्य कारण बन्न सक्छ । साथै श्रीमान या श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो जीवनसाथीलाई समय दिन नसक्नुको कारण पनि दुवैवीच माया कम हुँदै जान्छ ।
-एकअर्काको भावनाको सम्मान नगर्नु, काममा नसघाउनु वा कोही धेरै विरामी भइरहँदा पनि बिछोडको कारण बन्छ ।
-श्रीमानद्धारा श्रीमतीलाई यौन सम्बन्धमा सन्तुष्ट बनाउन नसक्नु वा सन्तुष्ट नहुनु पनि बिछोडको कारण बन्न सक्छ ।
-श्रीमान वा श्रीमतीमा यौन सम्बन्धी नराम्रो रोग लाग्नु वा श्रीमान नपुंसक हुनु पनि समस्या बढी उत्पन्न हुन्छन् ।
-दुवैमा एकअर्काप्रति विस्वास नहुनु । साथै दुवैले विभिन्न अवस्थामा एकअर्कालाई विस्वास नगर्नु तथा शंका बढी गर्ने बानीले पनि सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।
-श्रीमतीलाई दाइजोको लागि सताउनु तथा श्रीमतीबाट बच्चा नहुँदा पनि सम्बन्ध टुट्न सक्ने सम्भावना हुन्छ ।
सानो कुरालाई ठूलो बनाएर झगडा गर्नु, या एकअर्कामा हातपात गर्नुपनि सम्बन्धमा समस्या आउछ ।
त्यस्तै स्र्माट फोनका कारण पनि सम्बन्ध टुटेकापनि छन् । श्रीमान श्रीमतीसँगै बस्दा पनि फोन या इन्टरनेटमा व्यस्त रहनु र एकले अर्कोलाई वास्ता नगर्दा पनि समस्या आउछन् ।
कुनै पनि सम्बन्ध सफल बनाउनका लागि एकले अर्कोलाई महसुस गर्न जरुरी हुन्छ । स्पर्श तथा आइ कन्ट्याक बनाउन जरुरी हुन्छ । आजभोली स्मार्ट फोनले यी चिजहरु हामीबाट खोसेका हुन्छन् ।
वि.सं.२०७६ पुस २२ मंगलवार ०९:५२ मा प्रकाशित