
२२ पुष, जापान । एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले नेपाल भ्रमण वर्ष २०२० को शुरुवात भब्य रुपमा गरेको छ।
नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेकै दिन जनवरी १ तारिक ओसाकास्थित उमेदामा रहेको होटल हिल्टनमा एक भब्य समारोहका बिच एनआरएन कान्साइले नेपाल भ्रमण वर्षको शुरुवात गरेको हो ।
पाँच सय जना भन्दा बढी नेपालीको सहभागीता रहेको उक्त समहरोहमा उपस्थित जापानीजहरुलाई भिजिट नेपाल २०२० सचिवालयको सहयोगमा उपलब्ध नेपाली टोपी, ढाकाको खादा तथा नेपाल भ्रमण वर्षको लोगो सहितको ब्याच प्रदान गर्दै नेपाल भ्रमण बर्षको निम्तो गरिएको थियो ।
एनआरएन जापानका सल्लाहकार नरेन्द्र बस्नेतले सहजीकरण गर्दै उपस्थित जापानिजहरुलाई नेपाल भ्रमण बर्षको बारेमा जानकारी गराउदै नेपाल भ्रमणका लागि कार्यक्रम मार्फत निमन्त्रणा पनि दिएका थिए ।
उक्त समारोहमा एनआरएनए आइसिसी सदस्य तुलसीराम खरेल प्रमुख अतिथी तथा एनआरएन जापानका सल्लाहकार नरेन्द्र बस्नेत(दिनेश) र आत्माराम शर्मा गैरेको विशेष आतिथ्यता रहेको थियो ।
एनआरएन कान्साइका संयोजक कृष्ण शर्मा गैरेको सभापतित्वमा सम्पन्न सो समारोहलाई एनआरएनए कान्साइका उपसंयोजक दिलिप शर्माले संयोजन गरेका थिए ।
उक्त अबसरमा शुभकामना आदान प्रदान सहित नेपाल बाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा भब्य सांगीतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
वि.सं.२०७६ पुस २२ मंगलवार १०:१९ मा प्रकाशित