back

दिल्लीबासीको मन जित्ने प्रयासमा केजरीवाल,  के-के गरे त पाँचवर्षमा ?

वि.सं.२०७६ पुस २२ मंगलवार

447 

shares

२२ पुष, दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफूँ मुख्यमन्त्री भएपछि गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

आम आदमी पार्टीबाट दिल्लीका मुख्मन्त्री बनेका केजरीवालको आगामी फेब्रअरीमा हुन लागेका भारतको विधानसभाको निर्वाचनको तयारी जोडतोडले गरेको छ ।

केजरीवालले निर्वाचनलाई मध्येनजर गर्दै आफ्नो पाँचवर्षेको कार्यकालमा भएका उपलब्धिबारे बताएका छन् ।

केजरीवालका अनुसार केन्द्र सरकारको नीति आयोगले दिल्लीलाई नम्बर १ राज्य घोषणा गरेको, दिल्लीको सबै सरकारी अस्पतालमा निःशुल्क उपचार जसमा उपचारका क्रममा १५ लाख खर्च भएपनि दिल्ली सरकारले बेर्होने केजरीवालले बताएका छन् ।

त्यसैगरी स्वास्थ्य क्षेत्रको बजेटमा ३५ सय करोडबाट बढाएर ७५ सय करोडमा पुर्याएको । उनका अनुसार विगतको तुलनामा यो डबल बजेट हो ।

त्यस्तै दिल्लीभरीमा ४०० भन्दा बढी क्लिनकहरु खोलिएको छ । दिल्लीका २ करोड मानिसहरुबीच डेंगु सफाई अभियानमा सफलता , डेंगुका १३ सय केस आएपनि १ जनाको पनि डेंगुबाट मृत्यु नभएको उनले दावी गरेका छन् ।

दिल्लीभर २४ घण्टा निःशुल्क विजुली । जहाँ ३२ लाख उपभोक्ताको विजुलीको विल शून्य आएको तथा ९३ प्रतिशत कोलोनीका धारामा पानी आउने गरेको तथा १४ लाख परिवारको पानीको बिल शून्य आउने गरेको समेत उनले दावी गरेका छन् ।

शिक्षाको क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरिएको बताएका केजरीवालले पछिल्लो तीनवर्षको अवधिमा दिल्लीका सरकारी स्कुलमा पढ्ने विद्यार्थीको नतिजा प्राइभेट स्कुलको भन्दा राम्रो देखिएको छ ।

त्यस्तै ८ हजार करोड कमसल घरहरु रहेका क्षेत्रमा निर्माणका लागि खर्च गरिएको तथा बनाउन खर्च गरिएको तथा १७९७ कलोनीमा १२८१ कोलोनीमा सडक तथा ढल निर्माण गरिएको केजरीवालले दावी गरेका छन् ।

केजरीवालका अनुसार दिल्लीको सडकमा चलाउनका लागि ४३ सय नयाँ बस ल्याउनका लागि तयार रहेको, मेट्रको रुट १७३ किलोमीटरबाट २९० किलोमिटर सम्म पुर्याइएको समेत उनले बताएका छन् ।

त्यस्तै दिल्लीमा २ लाख ८० हजार सिसि क्यामेरा जडान गर्न लागिएको जसमा १ लाख ४० हजार क्यामरा लगाउन बाँकी रहेको केजरीवालले जनाएका छन् ।

त्यसैगरी भारतभरी नै दिल्ली मात्र यस्तो राज्य हो जहाँ महिलाहरुले बसभाडा तिर्नुपर्दैन । महिलाहरुको सुरक्षाका लागि दिल्लीको हरेक कुनामा लाइट जोड्ने प्रतिवद्धता समेत उनले गरेका छन् ।

ड्राइभिङ लाइसेन्सका लागि अनलाईन सिस्टम, एकसय प्रकारकार सरकारी काम घरमै बसेर गर्न सकिने विधि निर्माण भएको पनि केजरीवालले दावी गरेका छन् । साथै २५ हजार वृदवृद्धालाई तिर्थयात्रा गराइएको पनि उनले बताएका छन् ।

केजरीवालको उक्त समिक्षा सुनेर केन्द्रीय गृहमन्त्री अमित शाहले भने आम आदमीको स्टन्ट फेव्रुवरी पहिलो सातावाट सकिने वताएका छन् । शाहले केजरीवालको फ्री वाइफाइ खोज्दा खोज्दै मोवाइलको चार्जनै सकिने व्यङग गरेका छन । शाहको सुझाव छ ‘केजरीवालजी फेव्रुवरीसम्म रामै्र नाटक गरीरहनुस् ।’

दिल्लीको विधानसभा निर्वाचन फेब्रअरी ८ मा हुन लागेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

वि.सं.२०७६ पुस २२ मंगलवार १३:२२ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...