२२ पुस, काठमाडौँ । बलिउडमा केहि यस्ता अभिनेत्रीहरु छन् जो एकअर्काको मुख पनि हेर्न चाहादँैनन् । उनीहरुबीचको सम्बन्धलाई लिएर बेलाबेला बलिउडमा ठूलै चर्चा हुने गर्छ ।
बलिउडको एक कार्यक्रममा नायिका सोनम कपुरले बलिउडकी एकदमै सुन्दर मानिने अर्की नायिका ऐश्वर्या रायलाई आन्टी भनेपछि यी दुई अभिनेत्रीबीच दुश्मनी सुरु भएको हो । यस्तै बलिउडमा उनीहरुजस्तै अरु नायिकाहरुबीच पनि दुश्मनी रहेको छ ।
प्रियंका चोपडा र करिना कपुर एकअर्कालाई घृणा गर्छन् जसको कारण मानिन्छ साहिद कपुर, साहिदको विषयलाई लिएर करिनालाई प्रियंकाले कटाक्ष गरेपछि उनीहरुबीच बोलीचाली बन्द भएको थियो ।
त्यस्तै रणविर सिंहका कारण दीपिका पादुकोण र अनुस्का शर्मा बीच पनि झगडा भएको थियो । उनीहरु पनि एकअर्कालाई घृणा गर्छन् ।
रानी मुखर्जी कुनै समय अभिषेक बच्चन सँग प्रेम सम्बन्धमा थिइन् तर ऐश्वर्या पाएपछि बच्चनले उनलाई धोका दिएका थिए यसकारण राय र मुखर्जीबीच पनि दुश्मनी रहेको छ ।
कुनै समय माधुरी दिक्षित र श्रीदेवीबीच पनि ठूलै प्रतिष्पर्धा रहेको थियो । यसै कारण उनीहरु बिच पनि कटुता बढेको हो । केहि वर्ष अगाडी श्रीदेवीको निधन भइसकेको छ ।
यसैबिच बलिउडका अर्का कट्टर दुश्मनी दीपिका र कैटरिनालाई मानिन्छ । रनवीर कपुरका कारण यी दुईबीच ठूलै झगडा परेको पनि बताईन्छ ।
वि.सं.२०७६ पुस २२ मंगलवार १४:०६ मा प्रकाशित