back

फरार अपराधी सुटुक्क अदालतमा हाजिर

वि.सं.२०७६ पुस २२ मंगलवार

615 

shares

२२ पुस, बारा । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् ।

फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा प्रहरीले फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो देखाएपछि विगत लामो समयदेखि फरार रहेका पनि केही पक्राउ परेका छन् भने केही अदालतमा आफैँ हाजिर हुन पुगेका छन् । अदालतले कसुरबमोजिम कारागार पठाउने र जरिवाना असुली गर्ने गरेको छ ।

गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी आफैँ आएर अदालतमा हाजिर हुने गरेका जिल्ला अदालत बाराले जनाएको छ । प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले पनि उनीहरु आफैँ अदालतमा आउने र कैद सजाय तथा जरिवाना भुक्तान गर्ने गरेका आएका अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए ।

गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी हरेक दिन पाँच\सातजना आफैँ अदालत आउने गरेका ज्ञवालीले जानकारी दिए । प्रहरीले विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनैतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरी अदालत ल्याउन थालेपछि अरू त्यस्ता व्यक्तिसमेत आफैँ अदालत आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइरहेका स्रेस्तेदार ज्ञवालीले बताए ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले तीन महिनाको अवधिमा करिब १५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ भने प्रहरीले पक्राउ गर्ने डरले कतिपय मानिस आफैँ अदालतमा आएर निवेदन दिने तथा हाजिर गर्ने गरेका अदालतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक परिवर्तन भएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी उपरीक्षक सानुराम भट्टराईको सरुवा भएपछि प्रहरी उपरीक्षक विकासराज खनाल प्रमुख भएर आएपछि गम्भीर प्रकृतिका अपराधदेखि चोरीतस्करी तथा सामान्य लेनदेनका दोषी त्रसित हुनाका साथै धमाधम पक्राउ पर्न थालेका छन् ।रासस

वि.सं.२०७६ पुस २२ मंगलवार १४:०२ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...