
२२ पुस, काठमाडौँ । मुख्य विपक्षीदल नेपाली काङ्ग्रेस अहिले वाद र प्रतिवादको उत्कर्षमा रहेको छ । समुहगत स्वार्थको दृष्टिले विषयको उठान र वैठान हुँदा पार्टी भित्रको एक समुहले अर्को समुहलाई जसरी पनि किनारा लगाउनै पर्ने होड काङ्ग्रेस भित्र देखीएको छ ।
संस्थापन पक्ष एकपक्षीय ढङ्गको निर्णयमा पुग्नु र संस्थापनइतर पक्षले पार्टी भित्रको वैधानिकफोरम बहिष्कार गरेर अन्य फोरमको उपयोग गर्न खोज्नुले पार्टी भीत्रको वेमेलको अवस्था उजागर गरेको हो । अर्थात काङ्ग्रेसलाई अहिले १४ औँ महाधिवेशनलागेको छ ।
सभापती देउवाले एकपक्षीय निर्णय गर्नु वा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सीटौला समुहले केन्द्रीय समिति बहिष्कार गरेर जिल्ला सभापती भेला बोलाउनुले दुवै पक्ष आगामी महाधिवेशनमा पार्टी सत्ता कब्जागर्ने रणनितीमा रहेको देखिन्छ ।
इतर पक्षले पौष ११ को केन्द्रीय समिति बैठकका निर्णय खारेज गर्न आव्हान गरेको छ । तर संस्थापनभने पार्टीको वैधानीकफोरमले गरेको निर्णय मान्दीनभन्ननपाइने भन्ने अडानमा छ । सभापती देउवाले केन्द्रीय समितिमा बहुमत देखाएजस्तै पौडेल समुहले बहुमत सभापतीआफुसँग रहेको शन्देश दिएका छन् । यसले काङ्ग्रेस भित्रको भिडन्त रोचक चरणमा पुगेको मान्न सकिन्छ ।
तर अहिले काङ्ग्रेस भाले जुदाइमा जानु कुनै कोणबाट पनि उत्पादक र सकारात्मक देखीदैन । दुवै पक्षले देखाएको शक्तीले अब निकाश निस्केलाकी भनेर अनुमान गर्न सकिन्छ ।
गुटको प्रदर्शन
सभापती देउवाले केन्द्रीय समिति बैठकमा रहेको आफ्नो बहुमत पुष ११ गते देखाए । यता १३ औँ महाधिवेशनका उपविजेता रहेका पौडेलले पुषको २२ र २३ मा सभापती भेला बोलाएर आफ्नो शक्ती देखाए । यो प्रदर्शनले सभापती देउवाले गुटगत नेतृत्वलाई प्रश्रय दिएको देखीयो । देउवाले यहाँनिर विगतमा सुशील कोइरालाको कार्यकालमा आफूले गरेको काम बिर्सीएको देखीयो ।
संस्थापनइतर समुहले पनि आफ्नो विमती केन्द्रीय समितिभित्र दर्ज गर्नु पर्दथ्यो । चित्त नबुझेको विषयमा नोट अफ डिसेन्ट लेखेर पनि महाधिवेशन तयारीको स्टन्ट गर्न सकिन्थ्यो ।
अब काङ्ग्रेसका दुवै पक्षलाई विधी र जिम्मेवारीलाई एकातीर पन्छाएर गुटगत राजनीतिमा रमाउने छुट छैन । मित्रवत प्रतिष्पर्धा सहित अगाडि नबढे काङ्ग्रेसको भविष्यलाई इतिहासले जोगाइ राख्न नसक्ने अवस्था श्रृजना हुन सक्छ ।
वि.सं.२०७६ पुस २२ मंगलवार १५:०९ मा प्रकाशित