back

विपाशाको जन्मदिनमा पूर्वप्रेमीको यस्तो शुभकामना

वि.सं.२०७६ पुस २३ बुधवार

216 

shares
RBB AD
NTC AD

२३ पुस, काठमाडौँ । बलिउडकी एक समयकी हट नायिका विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् ।

२०१६ अप्रिलमा पति करण सिंह ग्रोवरसँग विवाह बन्धनमा बाँधीएकी बसुले यो खास दिन उनका पति करणसँग मालद्वीपमा मनाएकी हुन् । उनका साथीभाई लगायत बलिउडका थुप्रै सेलिब्रिटीहरुले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट लेखेका छन् ।

यसैबिच उनका पूर्वप्रेमी डिनो मोरियाकले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरानो तस्बिर सहित जन्मदिनको शुभकामना मात्र होइन क्याप्सनमा ‘गुड टाइम्स् अलवेज’ लेख्दै दुवै सेतो पहिरनमा कुनै रेस्टुराँमा डिनर गर्दै गरेको तस्बिर पोस्ट गरेका छन् । उक्त तस्बिर उनीहरुको डेटिङको समयको जस्तो देखिन्छ ।

डिनो र विपाशा १९९० को दशकमा प्रेम सम्बन्धमा थिए । विभिन्न कारणले उनीहरु बीचको प्रेम सम्बन्ध लामो समय टिक्न सकेन र २००२ मा उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअप भएको कैयौँ समय भइसक्दा पनि उनका पूर्वप्रेमी डीनोले पुरानो तस्बिर सहित शुभकामना दिएको उक्त पोस्टले सबैको ध्यान खिचेको छ ।

चलचित्र ‘अलोनको’ सुटिङमा भेट भएर २०१६ मा विवाह बन्धनमा बाँधिएका बिपाशा र उनका पति करण अहिले हाँसीखुसी बैवाहिक जीवन बिताइरहेका छन् भने डिनो, फिल्म ‘हेल्मेट’ को तयारी गरिरहेका छन् । उनले निर्माण गर्न लागेको उक्त फिल्ममा अपारशक्ति खुराना र प्रनुतन बहल रहेको बताएका छन् ।

वि.सं.२०७६ पुस २३ बुधवार १२:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा...

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित...

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

गलेश्वर (म्याग्दी) । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं...

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

काठमाडौं । माग्ने बुढाको नामले चर्चा कमाएका केदार घिमिरेको श्रीमती...

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र...