back

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

वि.सं.२०७६ पुस २३ बुधवार

174 

shares
RBB AD
NTC AD

२३ पुस , काठमाडौं । छुट्टाछुट्टै ६ स्थानमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।काठमाडौं, मोरङ, पर्सा, सुनसरी, गुल्मी र खोटाङमा आगलागी भएको हो ।

काठमाडौं, नागार्जुन नगरपालिका- ९ बाफलस्थित मनमती खोला नजिक प्रकाश बुढाथोकीको कुखुरा फर्ममा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका १ डाँगीटोल बस्ने जय कुलुङ राईको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका- ७ कुमाल टोलस्थित रमेश गुप्ताको सरवस्ती कपडा उद्योगमा मंगलबार साँझ आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुल्न सकेको छैन ।

त्यसैगरी सुनसरी, दुहबी नगरपालिका- ५ स्थित पशुपति बिस्कुट फ्याक्ट्रीमा मंगलबार राति आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुल्न सकेको छैन ।

त्यस्तै गुल्मी, ईस्मा गाउँपालिका- ६ राङदल बस्ने ४४ वर्षीय कृष्ण कुंवरको खाजा पसलमा बुधबार बिहान आगलागी हुँदा पसलका फर्निचर, भाडाकुँडा लगायतका सरसामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगो निभाउने क्रममा घाइते भएका कृष्ण कुंवर र सोही स्थान बस्ने २९ वर्षीय भोज बहादुर कुमाललाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लगिएको छ ।

यसैबीच खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका- १ लहरेपैयुँस्थित एनसेलको टावरभित्र रहेको जेनेरेटरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार १२:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...