back

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

वि.सं.२०७६ पुस २४ बिहीवार

378 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, काठमाडौं । उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

उदयपुर, ताप्ली गाउँपालिका- २ धपेनीस्थित सडकमा मे.१ ज २६६२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भईसडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझदुर्घटना हुँदा २ जनाको घटनास्थलमैमृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा गाडी धनी झापा बिर्तामोड बस्ने ३३ वर्षीय महेन्द्र राई र गाडीमा सवार ताप्ली गाउँपालिका २लेकगाउँ बस्ने २६ वर्षीय मिलन राईको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाचालक उदयपुर ताप्ली गाउँपालिका १ ओख्ले २१ वर्षीयकोमल राज मगर सहित ४ जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी उदयपुरत्रियुगा नगरपालिका- १० स्थित सडकमा स.१ ह ३८११नम्बरको अटोरिक्शा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा रिक्शामा सवारसोही नगरपालिका ७ बस्ने २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सिमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य ३ जना मध्य १ जनालाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ । अटोरिक्शा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर,बाग्मती गाउँपालिका- बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना.६१ प ७९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्नेदिल बहादुर थिङको ३ वर्षीया छोरी अस्मृता थिङको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटी,जोरायल गाउँपालिका- १ घोरडीस्थित सडकमा ना.३ ख ६५८८ नम्बरको ट्रक आँफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १३:५६ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...