back

नाट्टा नेतृत्वमा पुग्न तीन प्रतिस्पर्धी समूह चुनावी मैदानमा

वि.सं.२०७६ पुस २४ बिहीवार

387 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को आशन्न निर्वाचनमा तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् ।

आगामी माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले मनोनयन दर्ता गराएका छन् ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेण्डी शेर्पा राम सोभित नायकले उम्मेदवारी दर्ता गराएको नाट्टा सचिवालयले जनाएको छ ।

अध्यक्षको प्रत्यासिका रुपमा नाट्टाका पूर्वमहासचिव शाह र धाख्वा समूहले पनि मनोनयन दर्ता गराएका छन् । नाट्टा सचिवालयका अनुसार धाख्वाको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् ।

कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता भएको छ । तीनवटै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।

अध्यक्षका प्रत्यासी गुरागाईंले नाट्टा र पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि आफू सक्रिय ढङ्गले लागिपर्ने र भ्रमण वर्ष अभियानलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने बताए ।

अर्का प्रत्यासी पन्तले व्यावसायिक एकताका साथै पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनीत गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा शाखा कार्यालय रहेको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १४:०६ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...