back

पहिरोले अवरुद्ध भएको राजमार्ग खुल्यो

वि.सं.२०७६ पुस २४ बिहीवार

414 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, डोटी । तीन दिनदेखिको लगातारको वर्षात्का कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ ।

उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक बुधबार राति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

पहिरोले राजमार्ग अवरुद्ध हुँदा अछाम, बाजुराबाट तराई जान आएका एक दजर्न सवारी साधन बीच बाटोमै रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी, स्थानीयवासीको पहलमा उक्त राजमार्ग अहिले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएको छ ।

राजमार्ग सञ्चालन भएपछि सवारी साधन तथा यात्रु अहिले आफ्नो गन्तव्यतिर लागेका छन् । त्यसैगरी हिमपातका कारण आज बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग पनि सञ्चालन भएको छ । बुधबार रातिदेखिको लगातार बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा बन्द भएको थियो भने सयौँ यात्रु अलपत्र परेका थिए ।

सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रहरी प्रमुख कर्ण रौलेले जानकारी दिए ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी चौकी बुडर डोटीले जनाएको छ । भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँखर्क तथा डोटीको गैरा क्षेत्रमा बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिए । रासस

वि.सं.२०७६ पुस २४ बिहीवार १४:३६ मा प्रकाशित

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको...

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर...

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा...

सुदूरपश्चिम प्रदेशसभा :  सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

विपिन सकुशल घर फर्किने आशामा परिवार

विपिन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी (कञ्चनपुर) । हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा...