फ्रान्समा रहेका नेपालीहरु नेपालीबाटै ठगिएको भन्दै फ्रान्समा रहेकी अनुराधा पौडेलले सबैलाई होशियार रहन अनुरोध गरेकी छन् ।
पेरिसमा अहिले धेरै विद्यार्थीहरु आएको र उनीहरु नेपालीकै घरमा एडजस्ट हुन खोजेको बताउँदै उनीहरु सबै असल नियतका नभएको भन्दै पौडेलले त्यहाँको नेपाली समुदायलाई सजग गराएकी हुन् ।
उनले आफूले पनि त्यस्ता विद्यार्थीहरुलाई आफ्नो घरमा बास दिएको, खान दिएको, काम दिएको तथा केही पैसा पनि सहयोग गरेको बताउँदै ती विद्यार्थीहरुले आफू घर नभएको मौकामा समान र चावि लिएर हिँडेको समेत उनले सामाजिक संजालमा उल्लेख गरेकी छन् ।
पत्रकार पौडेलले यस्तो लेखेकी छन् :
‘होशियार !
पेरिसमा अचेल नेपालबाट थुप्रै बिद्यार्थी आएका छन् र उनीहरु नेपालीहरुकै घरमा एडजस्ट हुन खोजिरहेका छन् । जति पनि आएका छन् ति सबै असल नियतका छैनन् ।
केहि दिन पहिला मलाई बस्ने ठाम नपाएको १२ जना एकैठाममा भेडा झैँ सुत्न परेको, निन्द्रा नपुगेको र राम्रोसँग खान पनि नपाएको, पढाई र काम चौपट भएको भन्दै फोन आयो र मैले दुई जनालाई आश्रय दिएँ । एउटा कोठा छुटाईदिएँ र भने बाबु हो म अक्सर एक्लै हुन्छु , मलाई साथी पनि हुन्छ ल त बस भनेँ ।
उनीहरु मध्ये एकलाई केहि दिनको काम दिएँ, पैसा पनि दिएँ र बस्न खान पनि ।
काम सकिएपछि आफुले खाने चमाल र दाल सम्म किन बाँकी नपुग्दा यतै मेरै घरको खाउ भनेको थिएँ । तिनै चाहि म नभएको बेला चोर छिरेँ झै घर छिरेर फुत्त सामान लिएर भागेछन् र मेरो घरको चाबी पनि लिएर हिडेँछन् । अर्कोले मोबाइल व्लक गरेका छन् । चाबी दुई मध्ये कुनको हातमा छ थाह छैन । दुबै जनाको फोन लाग्दैन ।
मैले काम दे को भाईले म सँग एसओएस बालग्राम पोखरामा हुर्के बाउ आमा कोही छैनन भन्थे तर पछि बुटवलमा उनका बाबु आमा छन् भन्ने खबर पाएँ ।
मस्त पिउने र खाट मुनि बोतल फाल्ने, कोठा थुनेर चुरोट सुरोट पिउने, नुवाउने धुवाउने त गर्दै नगर्ने, भोक लागे फ्रिजमा राखेको सामान झिकेर खाने, किनेर त ल्याउनै नजान्ने, खाना बढी भयो भने फ्रिजमा राख्नुको सट्टा डस्टबिनमा फाल्ने र र ईमोसनका कुरा गरेर मानिस फँसाउने स्वभाव दुबैको रहेछ ।
उनीहरुले जे गरुन् जे पिउन् र जे तानुन् मलाई मतलब भएन तर मलाई मतलब मेरो चाबीको भयो । फ्रान्समा अर्काको घरको चाबी बोकेर हिड्नु दन्डनिय हुन्छ जुन कुरा यि दुबैले बुझेका रहेनछन् ।
मैले बाबु हो कता आएर भेटम्म चाबी सम्म देओ भनेर मेसेज पठाएँ तर मेरो चाबी रिटर्न गरेका छैनन् र मेसेजको पनि जबाफ दिन्नन ।
मेरो घरको चाबी सेक्सुरिटी चाबी हो । उनीहरुले फिर्ता नगरेमा त्यसलाई चेन्ज गर्न मलाई ८ सय युरो पर्छ ।
नेपाली भनेर मैले उनीहरुको परिचय पत्रको फोटोकपी पनि राखिन र उनीहरु कता बसेका छन् मलाई पत्तो छैन । मैले त मायाले र बिस्वासले आश्रय दिएको ।
के गर्ने होला भन्दा भन्दै प्रहरी र दुताबासको याद आएको छ तर समयको बर्बादी, प्रहरीकोमा जाम् नेपालीकै बेईज्जत, पढ्न आएकाहरु चोरको दर्जामा पर्ने भएकोले मलाई नै अप्ठेरो लागेको छ । तर केहि दिनलाई कुरी हेर्छु र चाबी हात नपरे म पुलिसकोमा जान बाध्य हुन्छु ।
मलाई जस्तो अरुलाई नपरोस् है । ध्यान दिनुहोला र कम्तीमा परिचय पत्रको फोटोकपी राख्नुहोला है ।’
वि.सं.२०७६ पुस २४ बिहीवार १४:५२ मा प्रकाशित