back

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

वि.सं.२०७३ मंसिर २२ बुधवार

660 

shares
GLOBAL IME AD
NTC AD

 ramchandra-poudel२२ मङ्सिर,काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभयो ।

“हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो । संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको दुरुपयोग गरेर मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो ।

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको उहाँले बताउनुभयो । संविधान निर्माण भएको र यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा अगाडि नबढे मुलुकमा खतरा आउनसक्ने पौडेलको भनाइ थियो । आफ्नो जापान यात्राले नेपाल–जापान सम्बन्ध झन बलियो भएको उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:५२ मा प्रकाशित

यौन धन्दामा लगाउने एक महिला पक्राउ

यौन धन्दामा लगाउने एक महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...