back

‘सरकारले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको’

वि.सं.२०७३ मंसिर २२ बुधवार

741 

shares
GLOBAL IME AD
NTC AD

 २२ मङ्सिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकारले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले दलहरुको सहमतिमै प्रस्ताव पारित गरिने बताउनुभयो । संशोधन प्रस्तावले सबैको समस्या समाधान गर्ने उहाँको भनाइ छ । प्रस्ताव सशोधन गर्न दुईतिहाइ मत नपुगे त्यो स्वतः खारेज हुने उल्लेख गर्दै उहाँले प्रस्ताव खारेज भए पनि प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “संशोधन प्रस्तावले ५ नम्बर प्रदेश टुक्रिँदैछ भन्ने हल्ला चलिरहेको छ । अहिले जनता आन्दोलित छन्, किन ५ नम्बर प्रदेश चलाउने भनेर आक्रोश र असन्तुष्टिको आवाज छन्, यसलाई हामीले सम्मान गर्नुपर्छ ।”
नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले अहिले तराई पहाड मिल्न हुँदैन भन्ने विचार फैलाइएको भन्दै आफूहरुलाई त्यो मान्य नहुने बताउनुभयो । ९० प्रतिशत जनताले बनाएको संविधान कार्यान्वयन गर्ने बेलामा अभिभावकविहीन भएको उहाँको भनाइ छ ।
नेता भण्डारीले भन्नुभयो, “सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टी अहिले कार्यान्वयन गर्ने कुरामा अभिभावकको भूमिकाबाट भागिरहेको छ ।” सीमाङ्कनको विवाद समाधान गर्ने नाममा अहिले आएको संशोधन प्रस्ताव जनताको हितमा नभएकाले यसको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।”
नेकपा (एमाले)का नेता गोकर्ण विष्टले सरकारले संशोधन प्रस्ताव फिर्ता नदिएसम्म सदन र बाहिरबाट आन्दोलन जारी राख्ने स्पष्ट गर्नुभयो ।
उहाँले लामो प्रतीक्षापछि आएको संविधान लोकतान्त्रिक, अधिकतम सन्तुलित, अग्रगामी भएको भन्दै वर्गसङ्र्घष र राजनीतिक सन्तुलनको प्रतिविम्ब भएको धारणा राख्नुभयो ।
नेता विष्टले संविधानको धारा २७४ को उपधारा ४ र ५ बमोजिम सीमाङ्कनको हेरफेरको लागि प्रादेशिक सभा अनिवार्यताको परिकल्पना गरेको उल्लेख गर्दै अहिले सीमाङ्कन हेरफेर गर्ने गरी संशोधन प्रस्ताव आउनु संवैधानिक नभएको टिप्पणी गर्नुभयो ।
मधेसी मोर्चाका नेता राजकिशोर यादवले संविधान स्वीकार गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै विषयवस्तुमा छलफल गर्ने र परिमार्जन भई आएमा प्रस्ताव पारित गर्न मोर्चाले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले सविधान निर्माण प्रक्रियादेखि नै विरोध गरेको स्मरण गर्दै अहिले पनि कुनै न कुनै रुपमा अपुरो संविधानलाई पूरा गर्न आन्दोलन गरिरहेको पनि बताउनुभयो ।
उहाँले आफूहरुलाई भारतको यो हो भनी देशका ठूला नेताले नै सिकाएको भन्दै भन्नुभयो, “विसं २०६४ को मधेस आन्दोलनमा आफूहरुको माग सम्बोधन गर्नको लागि तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले भारतसँग नै सहयोग लिनुभएको थियो ।
अहिले मधेसका कुरा आउँदा सबै कुरा भारतसँग जोड्नु गलत भएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:५३ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...