back

पर्वत समाज कतारद्धारा मृतक थापाका परिवारलाई आर्थिक सहयोग

वि.सं.२०७६ पुस २५ शुक्रवार

405 

shares

२५ पुष, काठमाण्डौ । पर्वत समाज कतारले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

कतारमा कार्यरत पर्वत पैयुगाउँपालिका वडा नं ३ साविक वेउलीवास वडा नं ८ का देवेन्द्र कुमार थापाको दुर्घटनामा गम्भीर घाईते भएपछि असोज २८ गते नेपाल फिर्ता पठाइएको थियो । नेपाल ल्याएपछि उनको काठमाण्डौंमा ग्रिनसिटी अस्पतालमा उपचारकै क्रममा पुष ११ गते मृत्यु भएको थियो ।

कोमामा रहेका थापाको उपचारका लागि  समाजका तर्फबाट छविलाल भट्टराईको संयोजनमा संकलन भएको उक्त रकम संकलन गरेको तर, उनको उपचारका क्रममा मृत्यु भएपनि उनको बालबच्चाको लालन पालन तथा शिक्षाका लागि उक्त रकम खर्च गर्न अनुरोध गर्दै परिवारलाई हस्तान्तरण गरेको हो ।

समाजले पैँयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीको प्रमुख आतिथ्यता तथा सोहि गाउँपालिका वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद काफ्ले, वडा सदस्य दण्डपाणी तिवारी र देउ बहादुर थापाको आतिथ्यतामा समाजका निर्बतमान अनुशासन विभाग प्रमुख याम बहादुर केसीमार्फत् मृतककी आमा भिम कुमारी थापालाइ ४७,७१७ (सत्चालिस हजार सातसय सत्र रुपैयाँ) हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा सुमित्रा देवी थापा, शम्सेर थापा, टेक बहादुर थापा, अमर बहादुर थापा, कृष्ण प्रसाद रिजाल, भिम कुमारी थापा, गणेश बहादुर थापा, सोम बहादुर थापा, प्रविण राना, बल बहादुर थापा, दिपक सुनार, सागर थापा र चेत कुमारी थापाको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ पुस २५ शुक्रवार १३:५७ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...