back

लन्डन आइपुगिन् ‘काउली बूढी, मगर संघको माघे संक्रान्तिमा पहिलो धमाका

वि.सं.२०७६ पुस २५ शुक्रवार

561 

shares

शिव भण्डारी, लण्डन

२५ पुस, लण्डन । लण्डन आइपुगिन् चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा काउली बुढी । पछिल्लो पुस्तामा निकै लोकप्रिय काउली बुढी (सन्ध्या बूढा) ले आफ्नो प्रस्तुती दिने लन्डन आइपुगेकी हुन् ।

काउलीबूढी अहिले सामाजिक संजालमा ब्यापक छाइरहेको अवस्था छ । काउली बूढी अर्थात सन्ध्या बूढा काउली बूढी कार्यक्रम संचालन गर्ने पत्रकार हुन । नेपाल आइडलको अडिसनमा ‘काउली बूढी’ का रूपमा देखापरे पछि चर्चाको शिखरमा आएकी बूढाले आगामी शनिबार  माघे संक्रान्तिमा पहिलो कार्यक्रममा सहभागी हुने भएकी हुन् ।

माघे संक्रान्तिको अवसर पारेर आउँदो शनिबार ११ जनवरीमा बेलायतमा विशेष सांगितीक धमाका गर्दैछ ।११ जनवरी २०२० का दिन मगरहरुको प्रमुख पर्व माघे शक्रान्तिको अवसर पारेर प्रथम नौमती बाजा गुल्मी युके समुहको शुभसाईतसंगै मगरहरुको पौराणिक पितृ पूजाका साथै नेपालको चर्चित लोकदोहरी गायिका तथा कमिडेन हास्यकलाकार सन्ध्या बुढा (काउली बुडी ) को साथ चर्चित लोकदोहरी गायिका खिमा रोका र अन्य स्थानिय कलाकारहरूको प्रस्तुतिमा मगरहरूको संस्कृति टिपीकल कौडा, सोरठी (नचरी) घाटु नाचको लगायतका प्रस्तुति रहेको बताइएको छ ।

संघकी महिला अध्यक्ष श्रीमती हेमा राना मगरको अध्यक्षतामा बृहत छलफल कार्ययोजनामा छलफल गर्दै पुर्ण तयारी भएको जानकारी संघका महासचिव बिर बलालले दिएका छन् ।

ग्ज्क्द्य शाखाको आयोजनामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको पहिलो चरणमा बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म मगरहरूको सामुहीक पौराणिक पितृ पूजा हुनेछ भने ग्ज्क्द्य साखा महिला समुहको सयोजकत्वमा लगतै पूजाको प्रसाद ग्रहण तथा बितरण हुने छ । त्यस लगतै औपचारिक रुपमा माघेसंक्रान्ति विशेष खानपिन तथा मनोरन्जन कार्यक्रम दिउसो ४ बजे देखी १० बजे बेलुकीसम्म हुने छ ।

नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारद्धय (काउली बुढी) संन्ध्या र खिमा रोकाको बिषेस प्रतुतिको साथ मगरहरूको नृत्य र मगर युवाहरूको सक्रियतामा भव्य कार्यक्रम गरिने छ । कार्यक्रममा बेलायतमा रहेको नेपाली संचारमाध्यमका प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ ।
मगर संघ बेलायतका अध्यक्ष ले।रि सुनिल रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा स्थानिय तथा अन्य समुदायहरुका प्रतिनिधिहरुको पनि आतिथ्यता रहनेछ ।

विशेष महत्व बोकेको माघेसक्रान्ती पर्वलाई मगर समुदायले दिवंगत आफ्ना पिता पुर्खालाई सम्झने, आफ्नो चेलीबेटीलाई अतिथि मान्ने र प्रकृतिको पूजा गर्ने पौराणिक चलन रहेकोले हरेक बर्ष यस्तो कार्यक्रमको आयोजना गरिदै आइएको छ ।यस साखाका संरक्षक तथा सस्थापक उपाअध्यक्ष ओम थापा काउचाले आफ्नो सयोजकत्वमा एक पुजारीसहितको टिमले बिशेष पूजागर्ने तयारी भइसकेको बताएका छन् ।

यस दिनको बिशेष प्रसाद बनस्पतीमा पाईने कन्दमुल–बन तथा घर तरूल पिंडालु, गिठा, भेकुरा, जस्ता र घरबाट बनाउने परिकारमा बिषेस बारा वा बटुक रोटी र सेलरोटी अचारसहित खिचडीको प्रकारहरू हरेक बर्ष जस्तै सबै दिदी बहिनीहरूले आफ्नो स्वेइच्छाले ले पितृको नाममा ल्याउने तयारी गरेको पनि महिला अध्यक्ष श्रीमती भिमा ढेगा मगरले जानकारी दिएकी छन् ।

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:५२ मा प्रकाशित

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने...

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक...

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन कबिर...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

किएभ, युक्रेन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम...

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

स्टकहोम, स्वीडेन । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप...

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध...