back

सिरियाली सैनिकद्वारा अलेप्पोको ऐतिहासिक पूरानो सहर कब्जामा

वि.सं.२०७३ मंसिर २२ बुधवार

678 

shares
GLOBAL IME AD
NTC AD

२२ मङ्सिर,बेरुत । सिरियाली सरकारी बलले अलेप्पोको ऐतिहासिक पूरानो सहर सवै निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभरी जारी कारबाहीको सामना गर्न गाह्रो भएपछि विद्रोही लडाकूहरु पछि हटेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बुधबार जानकारी दिएको छ ।

सन् २०१२ बाट सिरियाली विद्रोही कब्जामा लिएको पूर्वी अलेप्पो सहरको ७५ प्रतिशत भन्दा सिरियाली सुरक्षाबल र संयुक्त गठबन्धनले कब्जा लिईसकेका थिए ।

तर तीन हप्तायतादेखि जारी कारबाहीका सरकारी बलले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो पूरा नै नियन्त्रणमा लिएको छ ।

गएको राति सेनाद्वारा अलेप्पोको छिमेकमा पर्ने बब अल हाडिड र आक्युल जिल्ला कब्जामा लिएपछि विद्रोहीको कब्जामा रहेको पूरानो सहरको अन्तिम भागबाट उनीहरुले हटेका अब्जरभेटरीले जानकारी दिएको छ ।

हाल सरकारी बलद्वारा अलेप्पोको पूर्वी भाग र सहरको ऐतिहासिक गढ मानिने सवै इलाका र मर्जेहको छिमेकमा पर्ने क्ष्ोत्रसमेत कब्जामा लिइएको जनाइएको छ ।

गएराति सरकारी सेनाले अल जाबदियाको छिमेकमा पर्ने इलाका र दक्षिणपूर्वी सहर को अझै पनि विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा भारी गोलावारी गरेका अब्जरभेटरीले जानकारी दिएको छ ।

मङ्गलबार पूर्वी अलेप्पो सहरमा सरकारी सुरक्षाबलद्वारा गरिएको गोली प्रहारमा परी एक बालकसहित कम्तीमा १५ व्यक्तिको मृत्यु भएको थियो ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २२ बुधवार ११:१८ मा प्रकाशित

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि...

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...