back

अमेरिकी सेनाको विमान भनेर युक्रेनी विमान खसालिएको इरानको स्वीकारोक्ति

वि.सं.२०७६ पुस २६ शनिवार

393 

shares

२६ पुस, तेहरान । इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ ।

सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झुक्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ , उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका छन् ।

युक्रेनी अन्तर्रा्ष्ट्रिय वायु सेवाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित १७६ नागरिकको मृत्यु भएको थियो ।

तेहरानबाट क्रिभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।

दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो । तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै आफैले त्यो भनाइ फिर्ता लिएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । एएफपी

वि.सं.२०७६ पुस २६ शनिवार १३:५२ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...