back

ऋतिकलाई ३० हजार बढि युवतीको विवाहको प्रस्ताव

वि.सं.२०७६ पुस २७ आइतवार

288 

shares

२७ पुस, काठमाडौँ । बलिउडका सुपरस्टार ऋतिक रोशनले १० जनवरी मा आफ्नो ४६ औँ जन्मोउत्सव मनाएका छन् । १९७४ मा जन्मिएका ऋतिक उनको अभिनय र नृत्यको दमले बलिउडका ठूला स्टार मानिन्छन् ।

६ वर्षको उमेरदेखि आफ्नो अभिनय करिअर सुरुवात गरेका उनले जसमा स्वर्गीय अभिनेत्री श्रीदेवी र साउथका सुपरस्टार रजनीकान्तको छोराको भूमिका निभाएका थिए । उनको सम्बन्ध एक्टिङ परिवारबाट नभइ संगीत परिवारबाट हो र म्यूजिकको नलेज उनलाई जन्मदेखि नै थियो । यसकारण, ‘जिन्दगी ना मिलेगी दुबारा’ र ‘गुजारिश’ जस्तो फिल्ममा उनले गीत समेत गाएका छन् ।

ऋतिक रोशनले आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ पछि आफ्नो फस्र्ट लभ सुजेन खानसँग सन् २००० मा विवाह बन्धनमा बाँधिएका थिए । तर, आपसी मतभेदका कारण दुईले १४ वर्ष लामो बैबाहिक जीवन टुंग्याए । सन् २०१४ मा उनीहरुको डिभोर्स भएको थियो । उनीहरुका दुई छोरा पनि छन् । ऋतिक र सुजेनको डिभोर्स भए पनि छोेराका लागि भने उनीहरु सधैं समय निकाल्ने गर्दछन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार, ऋतिकले आफूलाई विवाहका लागि ३० हजार बढी युवतीको प्रस्ताव आएको खुलासा गरेका थिए । तर, उनले सुजेनसँग विवाह गरे । उनले आफ्नो करिअरमा कयौँ सुपरहिट फिल्म दिएका छन् । गएको वर्ष उनका लागि निकै सानदार रह्यो । एशियाको ‘मोस्ट ह्यान्डसम म्यान’ को अवार्डसँगै उनका दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ सुपरहिट सावित भएको थियो ।

वि.सं.२०७६ पुस २७ आइतवार १२:०२ मा प्रकाशित

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने...

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक...

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन कबिर...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

किएभ, युक्रेन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम...

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

स्टकहोम, स्वीडेन । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप...

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध...