२७ पुष, काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले समग्र विकासको सूचांकमा पर्वतलाई पाँच नम्बरभित्रै पार्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
पर्वतको दक्षिणी भेग (महाशिला, पैँयू र विहादी गाउँपालिका) बाट काठमाण्डौं आएका बौद्धिकहरुको बनभोज तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सो कुरा दोहोर्याएका हुन् । राज्यको मर्यादामा ५ औं ‘ख’ मा पर्ने उनले जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रयास बारे बताएका थिए ।
‘विकास र समृद्धिमा हाम्रो भूमिका’ विषयमा संक्षिप्त अन्तरक्रिया सहित राखिएको सो बनभोज कार्यक्रममा चुनावी घोषणापत्र र भाषण व्यवहारमै कार्यान्वयन भएको दावी प्रतिनिधिसभाका सांसद पदम गिरीले गरेका थिए ।
सडक, भौतिक पूर्वाधार, शिक्षा, विद्य्ुत्, कृषि र समाज विकासका सूचांकले पर्वतको विकास द्रुत गतिमै भइरहेको बताउँदै आफ्नो कार्यकालभित्रै प्रत्यक्ष परीणामको अनुभूति हुने बताएका थिए । जनप्रतिनिधिहरुवीच समन्वयको अभाव स्वीकार्दै उनले वडा सदस्यदेखि राष्ट्रियसभाका अध्यक्ष सम्मको सम्पर्क र समन्वय चुस्त हुनुपर्नेमा जोड समेत दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले संविधानमै समाजवाद भएकाले अन्यथा खोज्न नपर्ने बताएका थिए भने विहादी गाँउपालिका अध्यक्ष कमल भुसालले उद्योग ग्राम बिहादीको संभावना बारे धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थित नेकपा नेता देवी ज्ञवालीले अब पहाडको जग्गा महंगो बनाउन लाग्नुपर्ने धारणा राखेका थिए ।
नेकपा पर्वतका सचिव सुदिप कुँवरले विकासलाई दर्शन, सिद्धान्त र राजनीतिसँग जोड्दै दलाल पुँजीवादको अन्त्यका लागि जोड दिएका थिए भने सामाजिक अभियन्ता निलकण्ठ तिवारीले आफैसँग रहेको श्रोतको पहिचान गर्नुपर्ने , खेर गएको जग्गा उपयोगका लागि प्रत्येक घरधुरीलाई सदस्य बनाएर पालिकास्तरीय सहकारीहरु निर्माण हुनुपर्ने र गणतन्त्रको जनपक्षियतामा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा कृषि तथा योजनाविद् विरेन्द्र अधिकारीले पालिकाहरुमा पुरानै प्रवृत्ति हावी भएको धारणा राखेका थिए भने नेकपा पर्वत जिल्ला सचिवालय सदस्य उमाकान्त भुर्तेलले विकासमा फड्को हान्नुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा सम्पर्क मन्चका धर्मागत भुसाल, तुलसी पौडेल, नेकपा नेता मित्रलाल वस्याल र चोकलाल न्यौपाने, डा यादव पंत र विक्रम मल्ल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको पहिलो चरणमा खरीलाल क्षेत्री, ईश्वरी प्रसाद भुसाल, देवी प्रसाद बसेल, राम क्षेत्री, प्रदिप न्यौपाने, प्रकाश लामिछाने र चोकनारायण काफ्ले लगायतले जनप्रतिनिधिहरुसमक्ष जिज्ञासा राखेका थिए ।
आयोजक शिव पौडेलका अनुसार बनभोजसँगै सो दक्षिणी पर्वत बौद्धिक समाज पुर्नगठन भएको छ । पुर्नगठित समितिमा डा. देवेन्द्र प्रसाद पराजुली अध्यक्ष तथा गणेश बस्याल, सुदीप बस्याल, चन्द्र बहादुर थापा, दिल प्रसाद गौतम, तिलक भुसाल, हरि बस्याल, बिक्रम मल्ल, हरि लामिछाने, नवराज भुसाल, रमेश पाण्डे, ईश्वरी प्रसाद भुसाल, याम बहादुर क्षेत्री, एकनारायण भुसाल र युवराज पराजुली सदस्य रहेको बताइएको छ ।
यसैगरी समितिको सल्लाहकारमा गोविन्द शर्मा पौडेल, प्रा. सोम प्रसाद गौचन, डा. यादव पन्त, केपी गुरुङ, तारा प्रसाद भट्टराई, चन्द्रकान्त भुसाल, नीलकण्ठ तिवारी, धर्मागत भुसाल र शीव पौडेल लगायत रहेको जनाइएको छ ।
वि.सं.२०७६ पुस २७ आइतवार १२:२४ मा प्रकाशित