back

साग पदक विजेता बक्सर सम्मानित

वि.सं.२०७६ पुस २९ मंगलवार

396 

shares
GLOBAL IME AD
NTC AD

२९ पुष, काठमाडौँ । एक्स बक्सर ग्रुप मकाउले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्तिनै कांस्य जितेको थियो ।
स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार पाए । रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे । कांस्यधारी सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो ।
पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठ मार्फत पुरस्कारका लागि पहल गरेका थिए । श्रेष्ठले नै मकाउमै रहेका अन्य पूर्व बक्सरलगायतसंग पुरस्कार रकम संकलन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ । श्रेष्ठसहित सहयोग गर्नेमा सुवास थापा मगर, निमबहादुर रेउले, टीकाराम भण्डारी, प्रभुदास थापा मगर, तेजबहादुर चन्द, उद्धव कुँवर, श्याम गिरी, चित्रबहादुर गुरुङ, राजन डंगोल, पदम पन्त, घनश्याम ओली, विकास परियार, महेश रिजाल, मानबहादुर भण्डारी, अजित गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । अमेरिकामा बस्दै आएका ध्रुवलाल श्रेष्ठ र विजय डंगोलले पुरस्कार रकममा सहयोग गरेका थिए । एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचारलगायतका कार्यमा सहयोग गर्दै आइरहेको सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष भण्डारीले जानकारी गराए ।
सोही अवसरमा नेपाल बक्सिङ संघले पनि सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको थियो । दीपक श्रेष्ठ १० हजार तथा प्रशिक्षकहरु प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, दम्बर दत्त भट्ट, किशोर लिम्बू, दीपक महर्जन र सुरेश मल्ललाई जनही ५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । निर्णायक पुस्करराज पन्त, रामचन्द्र थापा मगर, धनकुमार मैनाली र ताराराम श्रेष्ठ तथा व्यवस्थापक प्रेम पौजु र प्रमिला राईलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।
पूर्व खेलाडीद्वय सुरेश आले मगर र मथुरादास नेवा पनि नगदसहित सम्मानित भए । सागका दौरान सहयोग गरेका करातेका राजेन्द्र कपाली र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी रत्नकाजी मालीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

वि.सं.२०७६ पुस २९ मंगलवार १०:३० मा प्रकाशित

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...