१ माघ, काठमाण्डौं । नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियन्ता भिम उपाध्यायले एमसीसीलाई दुबै मुलुकबीच बराबरी हैसियत कायम गर्दै सामान्य प्रोजेक्टको हैसियतमा राखेर लागु गर्न सरकार समक्ष आग्रह गरेका छन् ।
उपाध्यायले सरकारले एमसीसी सम्बन्धमा संसदमा दर्ता विधेयक फिर्ता लिएर दुई देश बीचको सम्बन्धमा संतुलन र बौद्धिक कुटनीति योग्यता र चातुर्य कायम गर्दैै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपालको १३ करोड डलर संयुक्त आर्थिक सहभागिता साझेदारी छ । यसैले यो नेपाली प्रोजेक्ट हो अमेरिकन संयुक्त सहयोगको, नेपाली सहयोगमा अमेरिकाको प्रोजेक्ट हैन है–यो कुरा बुझ्नुपर्छ,’ उनले संसारन्युजसँग भने, ‘नेपालले यति साझेदारी त अरू सबै बैदेशिक प्रोजेक्टमा गर्दै आएको छ, तर ती सबै नेपाली शर्तका प्रोजेक्ट रहेका छन् । MCC पनि एउटा सामान्य प्रोजेक्ट हो र हुनुपर्छ । यसका लागि समानान्तर सरकार चलाउने जसरी सरकारले नै आत्मसमर्पण गरेजस्तो स्पेशल ट्रिटमेन्ट गर्नु नै बचपनापन हो ।’
उपाध्यायले सरकारले त्यस्ता भएका उटपट्याङ शर्तहरूमा अर्को साझेदारसंग छलफल गरी संसोधन गरेर दुबै मुलुकबीच बराबरी हैसियत कायम गर्दै सामान्य प्रोजेक्टको हैसियतमा राखेर लागू गर्न आग्रह गरेका हुन् ।
ठेक्का ब्यवस्थापन गुच्चाको खेल हैन भन्ने मुलुक हाँक्नेले बुझ्नुपर्छ
वि.सं.२०७६ माघ १ बुधवार १०:१८ मा प्रकाशित